नेपाली चलचित्र उध्योगकी चर्चित नायिका निशा अधिकारी मल्ल र चर्चित क्रिकेटर शरद भेषवाकरको यतिबेला दरबार मार्ग स्थित होटल अन्नपुर्णमा बैवाहिक कार्यक्रम चलिरहेको छ । उनीहरुको विवाहमा फोटो खिच्न गएका सञ्चारकर्मी लाई विवाह समारोहमा जानबाट होटलका सुरक्षा कर्मीले रोकेका छन् । निशा चलचित्र पत्रकार संघका पुर्व अध्यक्ष शान्ति प्रियको साली पर्ने भएकोले मात्र उनी भित्र छन् , अन्न्य कोहि संचारकर्मी सो बैबाहिक कार्यक्रममा उपस्थित छैनन् । केहि बिवाह हुंदै गर्दाका फोटोहरु उपलब्ध गराउंदै ‘म पनि पत्रकारको हिसाबले आएको होइन’, शान्तिप्रिय ले स्पस्ट पारे । उपलब्ध गराईएको तस्बिरहरुमा शरद ढाकाको टोपी र दौरा सुरुवालमा निकै नै आकर्सक रुपमा प्रस्तुत छन् भने निशा बेहुलीको भेषमा रातो सारि , रातो घुम्टो र गहनाले सजिएकी छिन् । यतिबेला निशा र शरदको विवाह समारोहमा उनीहरुको आफन्तहरुको मात्र उपस्थिती रहेको छ । करिब ५ वर्षको प्रेमपछि निशा र शरद आज बैवाहिक जीवनमा बाँधिदै छन् । दुवैलाई 977online को तर्फबाट सुखद दाम्पत्य जिवनको हार्दिक मंगलमय शुभकामना !
निशा र शरदको बिहे , संचारकर्मीलाई भित्र जान रोक ।
