लामो समय देखि चलचित्र निर्देशनमा कार्यरत निर्देशक रामजी लामिछानेको पछिल्लो चलचित्र “रुद्र” को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । यसअघि श्रावण २० लाई प्रदर्शन मिति तय गरेको चलचित्र अब भने एक हप्ता पहिले नै अर्थात श्रावण १३ मा रिलिज हुनेछ । नेपाली चलचित्रमा एक्सन स्टारको उपमा पाएका अभिनेता निखिल उप्रेति पहिलो पटक “रुद्र” मार्फत खलपात्रको रुपमा देखा पर्दै छन् भने यसै चलचित्रबाट डेब्यू गरेका अभिनेता / अभिनेत्री द्वय विश्व र सारालाई प्रेम जोडीको रुपमा देख्न सकिन्छ ।
” रावणको लागी राम, रामको लागी रावण, दुबै एक अर्काका लागी खलनायक हुन “ भन्ने स्लोगन सहित फर्स्टलुक पोस्टरमा निखिलको “एङ्ग्री” लुक्स समावेश छ भने विश्व र सारा प्रेमीको रुपमा देखियका छन्। चलचित्रको अन्य कलाकारहरुमा रोयदिप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेल, शिशिर भण्डारी, अनिल पाण्डे आदिको अभिनय रहेको छ ।
निर्देशक रामजी लामिछानेका अनुसार , कारणबस श्रावण २० लाई प्रदर्शन मिति तय भयकोमा हेरफेर गरेर एक हप्ता पहिले नै अर्थात श्रावण १३ मा फिल्मको रिलिज सारिएको हो । चलचित्रमा हिमाल के.सी.को द्वन्द्व तथा सौरभ लामाको छायांकन रहेको छ ।