Celebrities Entertainment National News

पत्रकारहरुको कार्टुन चित्र- प्रकाश थापाको चित्रकला प्रदर्शनी !!!

977online.com

प्रमिता ढकाल/ चितवन, चित्रकार प्रकाश थापाको चित्रकला प्रदर्शनीमा अट्टाहस हांसो गुञ्जियो । त्यो हासाें चितवनका पत्रकारहरुको थियो ।आफैलाई कार्टुन चित्रमा पाएका पत्रकारले आफ्नो तस्विर ठम्याउदैं त्यसलाई घोरिएर हेरेपछि निस्किएको हांसोले प्रर्दशनी स्थल गुञ्जिएको हो ।977online.com

चित्रकार प्रकाश थापा प्रथाले दुई महिना लगाएर तयार गरेको चितवनका पत्रकारहरुको कार्टुन चित्र आज प्रदर्शन गरेकाहुन् । उनले आफ्नो कार्टुन चित्रमा चितवनका क्रियाशिल ३४ जना पत्रकारलाई समेटेकाछन् ।३४ जना मध्य पांच जना पत्रकार महिलाको कार्टुन चित्र समेटीएको छ । पत्रकारहरुले समाजको हरेक विषयवस्तु उठान गर्ने ,उनीहरुले कतिपय अवस्थामा अरुको व्यंग पनि गर्ने तर पत्रकारलाई नै समेटेको विषय भने नआउने हुंदा केही रमाइलोका लागि पनि पत्रकारलाई कार्टुनमा उतारेको चित्रकार थापाले बताए । कार्टुन चित्रमा उतारीएका पत्रकारहरुले चित्रकार थापाको खुलेर प्रशंसा गरे । पत्रकारहरुको क्यारिकेचर चित्र प्रर्दशनीको उद्घाटन गर्दै अग्रज पत्रकार गणशेखर शर्माले पत्रकारहरुलाई लिएर तयार गरीएको कार्यक्रम निकै रोचक भएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सृजना अर्यालले पत्रकार र कार्टुन चित्रकारहरु एकै जसो पेशामा रहने भएकाले चित्रकार थापाको प्रयासको प्रशंसा गरीन् । कार्टुन चित्रकारको भूमिका निकै महत्वपूर्ण रहने उनले जोडदिइन् ।कार्यक्रममा आफ्नो कार्टुन चित्र नियाल्दै गरेका पत्रकारहरुले चित्रकार थापाको सरप्राइज निकै मन परेको प्रतिक्रिया दिएकाछन् । संधै जसो नेताहरुलाई कार्टुनमा देख्ने गरेपनि आज आफ्नै कार्टुन चित्र बन्दा अनौठो र रमाइलो अनुभूति भएको पत्रकार ईश्वर जोशीले बताए । चित्रकार थापाले गणशेखर शर्मा,रमेश कुमार पौडेल, हरिप्रसाद पोखरेल राधेश्याम खतिवडा, दिपेन्द्र बडुवाल, सृजना अर्याल, प्रमिता ढकाल, शान्ता अधिकारी,लक्ष्मी पौडेल,विमल खतिवडा,विनोद बाबु रिजाल लगायत ३४ जना को कार्टुन चित्र कोरेका छन् ।

 

Advertisement