Celebrities Entertainment Movies Music

प्रेममा पागल कहिल्यै भईनः- गायक युबराज चौलागाईं ।।

नेपाली सांगितिक दुनियाका एक स्थापित तारा हुन्, गायक युबराज चौलागाईं । चलचित्रको पार्ष्व गायनमा होस् या एल्बमको गितमा होस् अहिले उनकै डिमान्ड रहेको छ । २०७१ साल र २०७२ सालको अवार्ड कार्यक्रममा अधिकांस अवार्डहरु उनकै पोल्टामा परेको थियो । निरन्तर ६ बर्ष सांगितको सिकाई पछी आफ्नो पहिलो एल्बम ” यु फिल्स ” श्रोता माझ पस्केका युबराजको ” सांझपख जब…” भन्ने बोलको गित निकैनै चलेको थियो ।  उक्त एल्बमको सफलता संगै  उनको सांगितिक फाटमा पनि चर्चा हुन थाल्यो,  फलत उनले अन्य  एल्बमहरुमा पनि  गाउने अबसर प्राप्त गरे । यिनै सफलताका पाईला हरु संगै उनको दोश्रो  एल्बम बजारमा आयो,  ” यश ” जसमा  लैजा चरी मेरो सन्देश , टुमुनाको धुनमा ( रिमिक्स) , हरेक शब्दको अर्थ हुन्छ, जस्ता गितहरुले युबराजको क्रेजलाई अझै माथि लग्यो । चितवनमा जन्मेका यि गायक बाल्यकाल देखिनै बिभिन्न कार्यक्रमहरु मा सहभागिता जनाउने गरेको अनुभब 977online संगको भलाकुसारिको क्रममा बताए ।977online.com

स्कुल तथा कलेज जिबनमा छंदाको माया-प्रेमको प्रसंगमा युबराजले मन त धेरैलाई पराईयो तर तिमी बिना बाच्नै सक्दिन, तिमिलाई नपाए देखि मरिदिन्छु भन्ने जसरी आफू प्रेममा पागल नै चाही नभएको प्रस्ट पारेका छन् । जवान , डाईनामिक पर्सनालिटी भएका युबराज घर-परिवारबाट बिवाहको लागी कर भईरहेको भएपनि अझै ३/४ बर्ष लगनगांठो कस्ने सोच नरहेको पनि बताउंछन् ।

चलचित्र ” नोभेम्बर रेन ” को ` तिमीलाई के भनुं ` बोलको गितबाट एन.एफ.डि.सी. फिल्म्स अवार्ड, नेफ्टा अवार्ड, डि. सिने अवार्ड, ईनास अवार्ड, म्युजिक खबर अवार्ड, कालिका एफ्एम्.अवार्ड लगायत प्राय सबै अवार्ड हात पारेका युबराजको चलचित्र ” क्लासिक ” को ‘ हारें हारें ‘ बोलको गितबाट पनि अधिकांस अवार्डहरु उनकै पोल्टामा परेको थियो। भर्सटाईल गायकको रुपमा चिनिने युबराजको चलचित्र हवल्दार सुन्तलिको ‘ तिम्रा डोला डोला हातमा मेहन्दी भरिछौ ‘ भन्ने गित, चलचित्र छ एकान छ को ‘ छ एकान छ ‘ भन्ने टाईटल गित, चलचित्र ब्रास्लेटको ‘ मेरो जिन्दगीमा बहार ल्याउने ‘ बोलको गित, चलचित्र पलांसको ‘ तिमी साथमा हुंदा ‘ आदी चर्चित गितहरु हुन् भने रिलिजको तयारीमा रहेका कमलेको बिहे , कान्छी, हैरान, बटरफ्लाई, २ रूपैया, लिला लगायतका चलचित्रहरुको गितहरु भने श्रोता माझ आउन बांकी नै छन् ।

आफ्नो सफलताको श्रेय श्रोताहरुको माया-प्रेम, पारिवारिक सपोर्ट र म्युजिक प्रतिको आफ्नो लगनशिलता लाई मान्ने युबराज घमन्डले मानिसलाई पतन गराउने कुरामा कुनै दुई मत नभएको बताउदै आफ्नो धरातल लाई कहिल्यै बिर्सन नहुने बिचार ब्यक्त गर्दछन्।

Advertisement