अडियो भिडियो तथा फोटोग्राफीमा समर्पित भएर भर्खरै मेरिल्याण्ड राज्यबाट संचालनमा आएको “माया आर्ट्स, युएसए” समुहले हाल आफ्नो सृजना तथा प्रस्तुतिहरुलाई जोड्तोडले बजारमा ल्याउन थालेको छ। विशेष गरेर भिडियो तथा फोटोग्राफी तथा चलचित्र क्षेत्रमा आफ्ना पाईलाहरुलाई अघि बढाइने लक्ष्य सहित “माया आर्ट्स” शुरु गरिएको छ।
“माया आर्ट्स, यु एस ए” समूहको निर्माण र प्रस्तुतिमा लामो समय देखि मेरिल्याण्डको बाल्टिमोरमा स्थायी बसोवास गर्दै आउनु भएका चर्चित कलाकार भगवान भण्डारीको मन मुटु छुने नयाँ गीत “गुँरास झै फुलेर” आज सार्वजनिक भएको छ। खैरेनीमा गेट , फुलमा भवरा लगायतका दर्जनौ सुपर हिट लोक दोहोरीका गायक भगवान भण्डारी केही समयको ग्याप पछी पुन नेपाली लोक गीत संगीतमा सक्रिए हुन थालेका छन । भर्खरै बिन्दबासिनी म्युजिकले रिलिज गरेको भगवानको गीतमा बाल्टिमोर कै स्थानीय लोक गायिका शान्ति भण्डारी तथा पुराना चर्चित नायक गणेश उप्रेतीको साथमा अमित अर्याल र सुशिल पङेनीले अभिनय गरेका छन्। भिडियोलाई बद्री लामिछानेले सम्पादन गरेका हुन ।
“हाम्रो माया समाजलाई घात हो रे..
तिमी ठूलो म सानो जात हो रे..”
.. चर्चित कलाकार भगवान भण्डारी तथा कल्पना पोखरेलको स्वरमा रहेको जातिय बिभेदको बिरुद्धको मर्मस्पर्शी यो नयाँ लोक गीत “गुँरास झै फुलेर” सुनेर र हेरेर आफ्नो अमुल्य सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला ।
Youtube Link: