Entertainment Movies

भाद्र ३० मा रमेशको “लिला” रिलिज हुंदै ।।

बिगत लामो समय देखि नेपली चलचित्रमा काम गर्दै आएका निर्देशक रमेश कोइरालाको चलचित्र “लिला” आगामी भाद्र ३० गते बाट प्रदर्शनमा आउने भएको छ । कृष्ण प्रसाद दङालको प्रस्तुती तथा लक्षमण बस्नेत र बिमला घिमिरे दङालको निर्माणमा तयार भएको चलचित्र लिला मा मलिना जोशी, राज कटुवाल, सन्जिता लुटेल, धुर्ब कोइराला, मुकुन्द किशोर भट्टराइ, जे.एन. घिमिरे, यादब बैरागी, सि. पि. पौडेल, देबि राम पराजुली आदि कलाकारहरुको अभिनय रहेको छ ।  बिगतमा “सिलसिला ” जस्तो सुपरहिट चलचित्रको निर्माण गरिसकेका निर्माता सि. पि. पौडेल यस चलचित्रका कार्यकारी निर्माता हुन् भने कृष्ण कोइरालाको निर्माण संयोजनमा चलचित्रको निर्माण भएको हो  ।877online.com

सस्पेन्स बिषयबस्तु, रोमान्चक प्रेम, हास्य, रोदन आदि सबै समाबेश गरिएको चलचित्र “लिला” युवा बर्गलाइ लक्षित गरि निर्माण गरिएको छ। आइ.टी. टेक्नोलोजीका इन्जिनियर हरु को सहभागीता तथा परामर्समा अहिलेको समय सान्दर्भिक प्रबिधिहरु को ब्यापक प्रयोग गरिएकोले आम मानिसले रहस्यमय सिनेमा बाट पाउने मनोरञ्जन लिन सक्ने दाबि निर्देशक कोइरालाको  रहेको छ। चलचित्रमा बसन्त सापकोटा  र  रमेश खड्का को संगित , कृष्णहरि बरालको शब्द , उदित नारायण झा , युवराज चौलागाइ , अन्जु पन्त , रेस्मा पुन , सचिन राइ आदिको गायन रहेको छ । शिब ढकालको छायंकन  तथा अस्ट महर्जनको द्‌न्द  रहेको चलचित्र “लिला” आगामी भाद्र ३० गते बाट चलचित्र भवनहरुमा प्रदर्शन हुने  जानकारी  चलचित्रका निर्देशक रमेश कोइरालाले  977online संगको कुराकानिको क्रममा बताए ।977online.com

Advertisement