सांगीतिक प्रेमकथामा बनेको ‘म यस्तो गीत गाउँछु’ चलचित्रको अर्को गित ‘ किन आजकल तिम्रो मन मैलो भो ‘ सार्बजनिक रिलिज गरिएको छ । सर्वाधिक चर्चामा रहेको बर्षकै प्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु’ को एकपछि अर्को प्रचार सामाग्रीले दर्शकको मन लोभ्याइरहेका छन् ।अम्बिका शर्माको शब्द र अर्जुन पोखरेलको संगीतमा बनेको उक्त गीतमा संगीतकार पोखरेलकै स्वर रहेको छ भने कविराज गहतराजको कोरियोग्राफी मा सिनेमाका मुख्य पात्र पुजा शर्मा र पल शाह लाइ निकै नै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । सुदर्शन थापाले निर्देशन गरेको यो चलचित्रमा संजय लामाको छायांकन र प्रितम पाण्डेको सम्पादन रहेको छ ।
Watch Song:-
यस अघि रिलिज भएको गीत “भन्छु आज” र त्यसको केहि समयपछी आएको चलचित्रको ट्रेलरले चलचित्र प्रेमीहरुमाझ राम्रो चर्चा बटुलेपछी आज निर्माण पक्षले थप एउटा डान्स नम्बर रिलिज गरेको हो। चलचित्रमा पल र पुजासँगै सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, नविन मानन्धर, विक्रम सेन, अर्जुन गुरुङ लगायतका कलाकारको अभिनय छ। सुदर्शन थापा र पुजा शर्मा को संयुक्त निर्माणमा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ असार ३० मा रिलिज हुदैछ ।