गत शुक्रबार रिलिज भएका दुई फिल्म म यस्तो गीत गाउछु र शायद २ लाई दर्शकहरुबाट सुखद प्रतिकृया प्राप्त भईरहेकोछ । नेपाली सिनेमाको नयाँ पुस्ताका सफल नाम मानिने निर्देशक सुदर्शन थापा र निर्माता सुनिल रावलका फिल्म हरु बीच को यो टकराब निकै रोचक पनि छ तथापी प्रचार प्रसार र मिडिया बाजिमा सुदर्शनले यसपाली सुनिललाई पछी पारेको देखिएको छ ।
सायद २
गीतसंगीत र ट्रेलरबाटै प्रतिक्षित बनेको फिल्म ‘सायद २’ ले प्रदर्शनको पहिलो दिन सुखद ओपनिङ गरेको छ रे, ‘राजधानीका मल्टिप्लेक्सदेखि सिंगल सबैतिर फिल्म हाउसफूल छ’, निर्माता सुनिल रावल भन्छन्, ‘राजधानी बाहिर पोखरा, चितवन, धनगडी, नेपालगञ्ज लगायतका ठाउँहरुमा पनि फिल्म हाउसफूल भएको जानकारी प्राप्त भएको छ ।’ उनका अनुसार, ‘सायद’को साख ‘सायद २’ ले बचाएको छ । फिल्ममा सुशील श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुङ्गाना, कुशल पाण्डे तथा निर्माता सुनिल रावलको समेत अभिनय छ । फिल्ममा सुनिलसँग ईश्वर श्रेष्ठ र सुवास लामिछाने निर्माणमा सहकार्य गरेका छन् । हेमदेव गौतम र कृष्ण प्रधान पनि सह–निर्माताको रुपमा छन् । फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् ।
म यस्तो गीत गाउछु
निकै बिवाद, गसिप र स्कान्डल का बीच पल शाह र पूजा शर्मा स्टारर यो फिल्म ले सुखद ओपनिङ गरेको छ । फिल्म हेर्ने दर्शक हरुले पनि सकारात्मक प्रतिक्रीया दिएका छन भने अधिकाम्श फिल्म्कर्मी ले चलचित्रको खुलेर तारिफ गरेका छन । काठमाण्डौमा फिल्मको वितरणको जिम्मा लिएका वितरक गोपाल कायस्थले भने,’यो बम्पर ओपनिङ हो । गोपिकृष्णमा कृष्णमा लागेको फिल्म २ बजेको शोबाट गोपीमा सारिएको छ । हिन्दी फिल्म ‘जग्गा जासुस’लाई नेपाली फिल्मले विस्थापित गरेको छ । मल्टिप्लेक्स र सिंगल दुबैमा चलचित्रको ओपनिङ बम्पर हो ।’ उनका अनुसार, अष्टनारायण हलमा पनि फिल्म २ वटा पर्दामा चलिरहेको छ ।
यस्तै, काठमाण्डौ बाहिर पनि फिल्मले बम्पर ओपनिङ गरेको वितरक मनोज राठीले बताए । उनले भने,’पोखरामा १२ बजेको शोमा डेढ लाख, वुटवलमा १ लाख र चितवनको जलमा हलमा पनि व्यापार राम्रो छ ।’ दर्शकले फिल्मको बिषयमा सुखद प्रतिक्रिया दिएकाले आइतबार काठमाण्डौ बाहिर थुप्रै हल बढ्ने वितरक राठी बताउँछन् । निर्माता तथा निर्देशक सुदर्शन थापाले भने,’शुक्रबारको व्यापारबाट अत्यन्तै उत्साहित छु । फिल्म लामो समयसम्म चल्छ भन्ने लागेको छ ।’
वर्ष २०७२ मा रिलिज भएको फिल्म ‘प्रेमगीत’मा समावेश शिर्ष गीत सापटी लिएर निर्माण भएको फिल्म ‘म यस्तो गीत गाउँछु’लाई ‘प्रेमगीत’ फेम निर्देशक सुदर्शन थापाले निर्माण र निर्देशन गरेका हुन् । फिल्ममा पल शाह, पूजा शर्मा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, विक्रम सेन, अर्जुन गुरुङलगायत कलाकारको अभिनय रहेको छ ।
दुबै फिल्मलाई थप सफलताको शुभकामना !