Celebrities Entertainment Movies

“ लक्का जवान ” को टाइटल गीत आयो, नेपाल र अमेरिकामा एकसाथ कार्य्रक्रम

plus977

आगामी अप्रिल ३ तारिखमा संसारभर प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र “ लक्का जवान” को शिर्ष गित यसै साता काठ्मान्डु र अमेरिकाको बाल्टिमोरमा भव्य कार्यक्रमका बीच सार्वजनिक गरियो ।

Watch Video: https://www.youtube.com/watch?v=PrSgzNNBSug

नेपालको कार्यक्रममा निर्देशक शिवहरी पौडेल , सह निर्माता किरण के सि , कलाकारहरु सलोन बस्नेत , बर्षा शिवाकोटी , राजाराम पौडेल ,सङीतकार बाबुल गिरी लगायतको उपस्थिती रहेको थियो भने बाल्टिमोरको कार्यक्रममा हाल अमेरिकामानै बसोबास गरिरहेका नेपाली चलचित्रका लोकप्रिय कलाकारहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।  लक्का जवान मार्फत नेपाली रजतपटमा प्रवेश गरेकी अभिनेत्री अनुसूया वन्त, निर्माता धुर्ब वन्त , सुपरस्टार नायक दिलिप रायमाझीको साथमा सदाबहार अभिनेत्री मेलिना मानन्धर ,अरुणिमा लम्साल र ऋचा घिमिरेले संयुक्तरुपमा उक्त गीतलाई सार्वजनिक गरेका हुन् ।

plus977
फिल्ममा प्रबेश बारे बताउदै लामो समय बिदेशमा बसेपनि कलाकारिताको मोहले सधैं डोर्याइरहेकाले आफु लक्का जवान मार्फत सकृय कलाकारितामा होमिएको नव अभिनेत्री अनुसुया वन्तले बताइन । दर्शकहरुलाई अर्को एउटा राम्रो चलचित्र दिने सोचले करीब ४ बर्षको होमवोर्क पछी लक्का जवान बनेको फिल्मका कलाकार एवम सह निर्माता दिलिप रायमाझीले जानकारी गराए।
माघे सक्रान्तीको अवसर पारेर रिलिज गरिएको फिल्मको शिर्स गीतलाई युटुब मार्फत लाखौं दर्शकहरुले हेरिसकेका छन भने उत्साहजक प्रतिकृया समेत प्राप्त भईरहेको फिल्मका निर्माता धुर्ब वन्तले बताए ।
समारोहा मा बरिसठ लोक गायक प्रेम राजा महत , कलाकारहरु मेलिना मानन्धर , मुकेश ढकाल , अरुणिमा लम्साल , रिचा घिमिरे, राज बल्लब कोइराला, शुशान्क मैनाली, मुकेश आचार्य , सन्जिब प्रधान , सरीस्मा अमात्य , अन्जना गुरुङ , कनैह्य सिंह , श्रीजन ताम्राकार , फिल्मका सह निर्माता सुशिल अर्याल लगायतको उपस्थिती रहेको थियो ।  उपस्थीत सबै कलाकर्मिले सो गीतमा सामुहिक रुपमा नाचेर माहोललाई निकै रमाइलो बनाएका थिए ।  संचारकर्मी एवम निर्देशक सुरेस दर्पण पोखरेलले कार्य्रक्रमको सम्योजन गरेका थिए । Photos: Binod Adhikari

Advertisement