द दिनेश डिसी प्रोडक्सन र सिनेमा सर्कल नेपालको आयोजनामा आगामी श्रावन २२ गते ” LG Cine Circle Awards 2074 ” को आयोजना हुने भएको छ । नेपाली चलचित्रका कुल २३ बिधामा अवार्ड प्रदान गरेको सो समारोहलाई सभ्य र भव्य बनाउन आयोजक टिम जोडतोडले लागिरहेकोछ ।
गत बर्ष पनि दिनेश डि सि कै आयोजनामा अवार्ड सम्पन्न भईसकेको छ जुन अवार्ड कार्य्रक्रमको अधिकाम्शले मुक्तकन्ठले तारिफ गरेका थिए । निकै लामो समय देखी नेपाली मिडिया र चलचित्रमा कृयाशिल सन्चारकर्मि , कलाकार एवम निर्देशक दिनेश डिसी आँफै कार्य्रक्रमको आयोजक भएका कारण पनि अवार्ड समारोह स्तरिय र भव्य हुनेमा सबैको विश्वाश रहेकोछ ।
