Entertainment Movies

सिरियल किसर हिरो नेपालमा !

977online

कुनै बेला नेपाली सिनेमा जगतमा सिरियल किसरका रुपमा चर्चामा रहेका नायक हुन ; मुकेश ढकाल । बिगत २ बर्ष यतादेखी अमेरिकामा बसोबास गरिरहेका यि अभिनेता यतीबेला भने नेपाल पुगेका छन । पारिवारिक भेटघाट तथा भाई महेश ढकालको विवाहका लागि नेपाल पुगेका मुकेश करीब १ महिना पछी अमेरिका फर्किने छन । नेपाल बसाइको क्रममा नयाँ फिल्ममा काम गर्ने सोच नभए पनि छोटो मिठो भूमिका आइहाले ‘नो’ नभन्ने मुकेश बताउछन ।

977online

 

सफल अभिनेत्री मेलिना मानन्धरका श्रीमान

निगरानी , दुलही , आफ्नो मान्छे आफ्नै हुन्छ , श्रीमान श्रीमती , बरादान लगायतका करीब ३० फिल्ममा अभिनय गरेका मुकेश सफल अभिनेत्री मेलिना मानन्धरका श्रीमान हुन । छोरी मेलिस्काका साथमा मेलिना यतिबेला काठमाडौं मै छिन् , सुत्रका अनुसार मेलिना पनि केही महिना पछी पती र छोरीको साथमा अमेरिका जाने भएकीछिन् ।

  ‘सिरियल किसर ‘  : कान्तिपुर साप्ताहिक977online

मुकेशले काम गरेका अधिकाम्श चलचित्रहरुमा उनको नायिकासँगको चुम्बन द्रिश्य अनिवार्य जस्तै हुन्थ्यो । यसै कारण पनि कान्तिपुर साप्ताहिकले उनलाई ‘ सिरियल किसर ‘ भनेर नामाङ्कन गरेको थियो । पछील्लो फिल्म धुन पछी अमेरिका पुगेका मुकेशका हिरोज र एक्सिडेन्ट नामक २ फिल्म अझै रिलिज हुन बाँकी नै छन ।

 

Advertisement