Entertainment Movies

२ रुपैयाको ट्रैलर !

977online
फिल्म ‘२ रुपैयाँ’को ट्रेलर सार्वजनिक भएको छ । ‘कुटुमा कुटु’ र ‘टल्क्यो जवानी’ बोलको गीतबाटै प्रतिक्षित बनेको फिल्म ‘२ रुपैयाँ’को बिहीवार राजधानीमा एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो ।  ट्रेलरमा नायक निश्चल बस्नेत र आशिफ शाहबिचको मित्रता र २ रुपैयाँले जीवनमा ल्याउने अनेकौ उचारचढावलाई देखाइएको छ । ट्रेलरमा एक्सन, कमेडी, रोमान्स सबै पक्षलाई देखाउने प्रयास गरिएको छ । फिल्ममा निश्चलले ‘जुरेली’ र अशिफले ‘दाह्री’को भूमिका निर्वाहा गरेका छन् ।
ए जि टु वान प्रोडक्शन प्रा.ली. र ब्ल्याक हर्स प्रा.ली.ले निर्माण गरेको यो फिल्ममा निश्चल र आशिफसहित कलाकारहरु बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लगायतको पनि अभिनय रहेको छ ।  फिल्ममा समाबेश ‘कुटुमा कुटु’ बोलको गीतले युट्युबमा छोटो समयमा करोड बढी ‘भ्यू’ पाइसकेको छ । गीतसंगीतका कारण पनि पछिल्लो समय नेपाली फिल्मले सुखद व्यापार गरिरहेको अवस्थामा ‘२ रुपैयाँ’लाई पनि ‘कुटुमा कुटु’ले केही राहत दिने निर्माण पक्षको आश छ । फिल्मलाई असिम शाहले निर्देशन गरेका हुन् ।

Advertisement