नेपालको सफल प्रदर्शनपछी यस बर्षको सफल चलचित्र प्रसाद अमेरिकाका बिभिन्न शहरहरुमा प्रदर्शन भैरहेको छ । यसैबीच आगामी फेब्रुअरी ३ र ५ तारिखमा सान फ्रान्सिस्को बे एरियामा प्रसाद प्रीमियर हुँदैछ । माया आर्ट्स अमेरिकाको आयोजनामा ३ तारिख साझ ५ बजे शेरा थियटर , मिलपिटासमा र ५ तारिखमा साझ ६:३० बजे अल्बेनी ट्विन्स , अल्बेनीमा प्रदर्शन गरिन लागेको आयोजक मध्यका एक सागर श्रेस्ठले जानकारी दिएका छन । उनका अनुसार मिलपिटासको प्रदर्शनबाट उठेको रकमको केहि हिस्सा स्थानिय रुपमा सन्चालित नेपाली भासा कक्षाकोलागी प्रदान गरिनेछ ।
नेपालमा समिक्षकहरुको राम्रो तारिफ बटुलेको फिल्म प्रसादमा नम्रता श्रेष्ठ , बिपिन कार्की र निस्चल बस्नेतको प्रमुख भूमिका रहेकोछ । यस फिल्मलाई आगामी फेब्रुअरी १६ तारिखमा लस एन्जल्सको नोर्वाकमा पनि प्रदर्शन गर्न लागिएको स्थानिय आयोजक गोकुल प्रसाद ढकालले जानकारी गराउनु भएकोछ ।सम्पुर्ण नेपाली कला र सस्कृतीप्रेमी महानुभाबहरुलाई कार्य्रक्रममा उपस्थित भई सहयोग गरिदिनुहुन माया आर्ट्स अमेरिकाका सस्थापक सुरेस दर्पण पोखरेलले आव्हान गर्नुभएको छ ।
Trailer: