News

सुस्मिता – सन्तोष – पूजाको यो फेसबुक युद्ध किन केका लागि ?

977online

फेसबुक मै आरोप प्रत्यारोप !

२ दीन अगाडि फिल्म ‘ म यस्तो गीत गाउछु ‘ पहिलो ट्रैलर युटुब मार्फत सार्वजनिक गरियो , रिलिजको केही घण्टामा नै ट्रैलर सामाजिक सन्जालमा भाईरल भयो । करीब २४ घण्टा भित्र नेपालमा युटुब ट्रेन्डको पहिलो नम्बरमा यो भिडियो देखियो । यो समाचार तयार पार्दा सम्म ५१३,७५२ पटक यो ट्रैलर हेरिएकोछ । सामाजिक सन्जाल र डिजिटल समयमा प्रबेश गरेको आज को युगमा यसरी नेपाली फिल्मका भिडियोहरु ट्रेन्डिङमा आउनु स्वभाबिक र सुखद नै हो ।
यहाँ सम्म त ठिकै छ , तर हिजो अचानक अभिनेत्री तथा निर्देशक सुस्मिता के सि ले आफ्नो फेसबुकमा केही असन्तुस्टी सहित status पोस्ट गरिन, कुरा सिधा थियो सो status सुदर्शन थापा निर्देशित तथा पूजा शर्मा, सुदर्शन थापा द्वारा निर्मित फिल्म ‘म यस्तो गीत गाउछु ‘ को युटुब ट्रेन्डिङ र भियुज प्रती नै लक्षित थियो ।
सुस्मिताको स्ट्याटस :

ट्रेन्डिङ , लाइक्स र सब्स्क्राइब बढाउनु परे मलाई संपर्क गर्नुस् – सुस्मिता 977online

यस्तै प्रकारको भूमिका सहित सुदर्शन , पूजाका पूर्व निर्माता ( प्रेमगीत ) सन्तोष सेनले पनि फेसबुकमा आफ्नो बिचार पोस्ट गरे :

१ दीन भरी पहिलो स्थान , दोस्रो दीन पत्तासाप – सन्तोष

977online

सुस्मिता , सन्तोष लगायतको पोस्टलाई लक्षित गर्दै अभिनेत्री पूजा शर्माले पनि फेसबुक मार्फत आफ्ना कुराहरु राखिन ।

खुट्टा तान्नेहरुलाई धन्यवाद – पूजा


पूजाको पोस्टको जवाफ सुस्मिताले फेरी अर्को पोस्ट मार्फत दीइन :

चोरको खुट्टा काट भन्दा खुट्टा उचाले – सुस्मिता

977online

यि आरोप प्रत्यारोपबाट सजिलै अनुमान लगाउन सकिन्छ सुस्मिता – सन्तोष – पूजाको समबन्ध पक्कै सहज अवस्थामा छैन तर एउटै अनी सानो चलचित्र उध्योगका यि सहयात्राीहरु बीचको यो तिक्तता किन र के का लागि ?

Advertisement