National

सरकारले तोक्यो प्रदेश प्रमुख र अस्थायी राजधानी

977online

काठमाडौं । सरकारले ७ वटा प्रदेशमा प्रदेश प्रमुख तोकेको छ भने अस्थायी राजधानी पनि तोकेको छ ।

रक्षामन्त्री भीमसेनदास प्रधानका अनुसार प्रदेश नम्बर १ को राजधानी विराटनगर, २ को जनकपुर, ३ को मकवानपुर, ४ को पोखरा, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा अस्थायी मुकाम तोकिएको हो ।

यसअघि ५ नम्बर प्रदेशको राजधानी दाङ तोक्ने तयारी गरिएको थियो ।

त्यसैगरी प्रदेश प्रमुखमा १ मा डा. गोविन्द सुब्वा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर,  ५ मा उमाकान्त झा, ६ मा दुर्गाप्रसाद खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख तोकिएको छ ।

Advertisement