News World

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा कर कटौती सम्बन्धी नयाँ योजना सार्वजनिक

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कर प्रणालीमा आमुल परिवर्तन ल्याउने भन्दै कर कटौती सम्बन्धी  नयाँ योजना अघि सार्नुभएको छ । 

प्रस्तुत योजना अमेरिकी इतिहासमै सबैभन्दा ठूलो कर कटौती हुने बताइएको छ । राष्ट्रपति ट्रम्पद्वारा अघि सारिएको योजना अनुसार विभिन्न संस्थानहरुले तिर्नुपर्ने कर ३५ प्रतिशतबाट घटाएर २० प्रतिशत पुर्‍याइनेछ । राष्ट्रपति ट्रम्पले वर्तमान कर प्रणाली म्याद गुज्रिएको र जटिल भएको भन्दै त्यसलाई परिवर्तन गरी अर्थतन्त्र उकास्न र  कर प्रणालीलाई सरल र निष्पक्ष बनाउन सो योजना अघि सारेको बताउनुभएको छ । पछिल्लो कदमले अमेरिकालाई विश्वसमुदायमा थप प्रतिस्पर्धी बनाउनुका साथै मध्यम वर्गीलाई समेत लाभप्रद हुने ट्रम्पको दावी छ । यद्यपी डेमोक्रेटहरुले राष्ट्रपति ट्रम्पको योजनाको आलोचना गरेका छन् । उनीहरुले ट्रम्पको योजना सम्पन्नहरुको लागि मात्रै भएको टिप्पणी गरेका छन् । राष्ट्रपतिकै रिपब्लिकन पार्टीका नेताले पनि उनको योजनाको विरोध गर्न सक्ने आंकलन गरिएको छ । कर प्रणालीमा सुधार ल्याउने ट्रम्पको चुनावी अभियानको एउटा महत्वपूर्ण मुद्दा पनि हो ।

Advertisement