हाल एन आर एन ए क्यालिफोर्निया च्याप्टरका अधक्ष्य रहेका समाजसेवी पूर्णचन्द्र बानियाले आगामी निर्वाचनका लागि महासचिबमा उमेद्द्वारि दिने घोषणा गरेसंगै बानियाको पक्षमा माहोल बनिरहेको छ । लामो समय देखी बिभिन्न सामाजिक कार्यहरुमा सक्रीयता जनाउदै आउनुभएका बानिया नेपाली समुदाय माझ निकै लोकप्रिय मानिनुहुन्छ । NRNA अमेरिकाको महा-सचि पदका प्रत्यासी पूर्ण चन्द्र बानिया संग हामीले निर्वाचनको सेरोफेरोमा रहेर ५ प्रश्न राखेका छौ ।
१. तपाईंलाई नजिकबाट नचिन्नेहरु माझ कसरी आफ्नो परिचय गराउनुहुन्छ ?
म पूर्ण चन्द्र बानिया, काठमान्डौ जिल्ला किर्तिपुर नगरपालीका वडा न. ४ मा मेरो जन्म भएको हो । अमृत साइन्स क्याम्पसबाट बि.ए.सी सम्मको अध्ययन सके लगत्तै शंकर-देव कलेजमा मास्टर्सको बिध्यार्थी हुँदादेखि नै म बिद्यार्थी राजनीतिमा होमिएको धेरै मित्रहरुमा जानकारी पनि होला तर आम नेपाली जस्तै म पनि अवसरको खोजीमा १९९८ देखि यसै अमेरिकी भूमिलाइ कर्मथलो बनाइ क्यालिफोर्नियामा आफु र आफ्नो परिवारसहित बस्दै आइरहेकोछु र यहाँ आए पश्चात बिभिन्न सस्थाहरुमा प्रमुख पदमा रहेर काम गर्दै आइरहेको र हाल २०१५-२०१७ का लागी NRN NCC OF USA California chapter President को हैसियतमा काम गरिरेको छु।
२.तपाईंको उमेद्द्वारी किन र के का लागी?
मेरो व्यक्तिगत धारणा हामी आफु सक्रिय भएर समाजमा सकारात्मक कार्यमा जुटे गैर-आबासिय नेपालीले नेपाल आमाको धेरथोर ऋण तिर्न सक्छौ र परदेशमा पनि हामी एकअर्काको आपतविपतमा जुट्न सक्छौ भन्ने मेरो मूल मन्त्र हो। यो बाहेक मेरो कुनै पनि व्यक्तिगत स्वार्थ नभएकोले समाजसेवाकै भावनाले अघि बढ्ने जमर्को गरेको हूँ र समाजसेवाको भाबना हुदाहुदै पनि आफुलाई बढी जिम्मेवार र शसक्त बनाउन एउटा पदमा रहेर काम गर्न इच्छुक भएकोले मैले महासचिव पदमा उमेद्वारी दिएको हो ।
३.आफ्नो कार्यकालका लागि योजनाहरु के के छन ?
मेरो बिभिन्न स्थानीय संघसस्थामा प्रमुख पदमा रही काम गर्दै आएको अनुभब साथै आफुले २ बर्षे (NRNA NCC OF USA ,California Chapter President ) को कार्यभार सफलता पुर्बक निर्बाह गरेको र निरन्तरता दिने क्रममा NRNA लाइ अझै शसक्तिकरण ढंगले अघि बढाउन, आफ्नो महत्वपूर्ण भूमिका रहने दाबी गर्दै मह-सचिब जस्तो गरिमामय पदमा दाबी गर्दै गर्दा मेरा केहि योजनाहरु छोटकरीमा भन्न चाहन्छु :
क) दोहोरो नागरिता दोहोरो लगानीकालागी सहज बाताबरणको सृजना गर्ने
ख) युबाशक्तिको पहिचान परिचालन गरी नेपालसम्म बस्ने सम्पूर्ण नेपालीहरुलाई NRNA प्रभाबकारिताको पहुँच पुर्याउने
ग) एकपटकको नेपाली सधैंको नेपाली भन्ने जुन उदेश्य छ त्यसलाई पुरा गर्न आफू भरपुर लागिपर्ने
घ ) नेपाल सरकार र अमेरिकी सरकारसंग समन्मय गरी त्यसमा गैर आबासिय नेपालीहरुको पहुँच पुर्याउन गहनाशील भूमिका निर्वाह गर्ने
ङ) प्रत्यक गैर-आबासीय नेपालीको हातमा गैर-आबासिय सदस्यता प्रमाणपत्र उपलब्ध गराउने लगायत बिगतका असल कार्य तथा नितीलाई निरन्तरता दिने
४ . क्यालिफोर्निया च्याप्टर अधक्ष्य हुँदाको २ वर्ष कस्तो रहयो ?
समग्रहमा भन्नुपर्दा म अधक्ष्य पदमा हुदा लगत्तै विनाशकारी भूकम्पले नेपाल आमा क्षत-विक्षत अबस्थामा मेरो पहलामा धेरै found Raising का कार्यक्रम संगै TPS कार्यक्रम, MRP Passport को कार्यक्रम , इमिग्रेशन सम्बन्धि विभिन्न अन्तरक्रिया कार्यक्रम गराई जन-मानस माझ परामर्स गराउने काम भयो साथै विभिन्न राजनीतिक दलका नेता मंत्री , सफल ब्यापारी हरुसंगको अन्तरक्रिया गराई नेपालको बस्तुस्थितिको जानकारी संगै अनुभब साट्ने काम पनि भयो , यि र यस्तै कार्य हरु क्यालिफोर्नियाबासी माझ ताजा नै छन ।
५ . अन्त्यमा अमेरिकाबासी गैर-आबासिय नेपालीहरुलाई के भन्नुहुन्छ ?
सम्पूर्ण अमेरिकी गैर-आबासिय नेपाली दाजुभाई, दिदीबहिनी तथा आमाबुवा संग अमुल्य भोटको लागी अनुरोध गर्दै NRNA लाइ थप माथी उठाउन र नेपाल र नेपालीको भलाई अनि हितको लागी एउटा बलियो खम्बाको रुपमा उभ्याउन कुनै पनि कसुर बाँकी नराखी आफु दृढ बिश्वास लिएर अघि बढेको छु । सम्पूर्ण अमेरिकी बासीहरुको माया,साथ्, सहयोग र हातेमालोको लागि आब्हान गर्दछु साथै युबा शक्तिलाई परिचालन गरेर भोलिको NRN नेपालीको साझा चौतारी बनाउने र कुनै पनि अमेरिकामा बस्ने नेपालीले NRN हामी सबैको साझा घर हो भनेर हरेक बिकाशका गतिबीधिलाई अगाडी सार्ने तथा हरेक नेपालीको पिर, मर्का,र दुखसुखमा सामेल एउटा ऐतिहासीक सस्थाको रुपमा NRN अमेरिकालाई चिनाउन कुनैपनि कसुर नराखी महत्वपुर्ण भूमिका निर्वहा गर्ने प्रण गर्दै सम्पूर्ण अमेरिकीबासीहरु गैर-आबासिय नेपाली दाजुभाई, दिदीबहिनी , तथा आमाबुवाको अमुल्य भोटको अपेक्षा गरेकोछु । धन्यवाद ।