यस अघि अगष्टको दोस्रो साता तोकिएको एनआरएन अमेरिकाको निर्वाचन आगामी सेप्टेम्बर ५ र ६ मा हुने भएकोछ । उम्मेदवारको विवादका कारण अमेरिकाको अदालतले तत्काललाई निर्वाचन नगराउन अन्तरिम आदेश जारी गरेपछि तत्काललाई उक्त निर्वाचन स्थगन भएको थियो । अदालतमा जाने पक्षले मुद्दा फिर्ता लिएपछि स्थगित निर्वाचन पुन सुरु हुन लागेको हो ।
यसै बीच अधक्ष्यका प्रत्यासी मध्यका एक गौरी जोशीले आफुले दिएको उमेद्द्वारि फिर्ता लिएको घोषणा गरेपनि उनको प्यानलको उमेद्द्वारि भने कायम नै राखिने भएको स्रोतको दावी छ । अधक्ष्यमा गौरी नभएपनि कायम रहेका उमेद्द्वार मध्य एकलाई अधक्ष्यमा स्विकारी चुनाव लड्ने गौरी समुहको तयारी छ । हाल एनआरएन अमेरिकामा अध्यक्ष पदकालागि केशव पौडेल, कृष्ण पोखरेल, राम सी पोखरेल र रविना थापाको उम्मेदवारी कायम छ ।