Blog Entertainment Movies Music

अप्रिल २३ मा बानाले ” शुभकामना साँझ २०७४ ” गर्ने

977online

नयाँ बर्ष २०७४ को अवसरमा अमेरिकाको बाल्टिमोरमा रहेका नेपालीहरुको छाता सस्था ” बाना ” को आयोजनामा आउदो आईतवार ” शुभकामना साँझ २०७४ ” नामक कार्य्रक्रमको आयोजना गरिने भएको छ । प्रमोद खरेल , यम बराल , नन्दिता के सि , अन्जना गुरुङ , शान्ती भण्डारी, कनैया सिंह , बिमल डागी , राजबल्लव कोइराला , खेम शर्मा ‘ चतुरे ‘ , दिनेश भण्डारी , श्रीजन ताम्राकार , रुथ्मान गुरुङ , शिवराज जोशी लगायतका कलाकर्मिहरुको प्रस्तुती रहने यो कार्य्रक्रममा उपस्थितीको लागि बाना कि अध्यक्ष अनुशुया वन्ता ले अनुरोध गरेकी छिन् । 977online

निमन्त्रणा!

मेरिल्यान्डमा बसोबास गर्ने आम नेपालीहरुको छाता सस्था ‘बानाले निम्न मिति ,स्थान र समयमा ख्याति प्राप्त कलाकारहरुको साथमा “शुभकामना साँझ २०७४ ” सम्पन्न गर्ने भएकोले ,सो कार्यक्रममा उपस्थित हुन् बिनम्र अनुरोध गर्दछौ ।

मिति : April 23 आईतवार
समय :ठीक साँझ ७ बजे बाट राती १०:३० सम्म

स्थान : Parker’s
11131 Pulaski Hwy, White Marsh, Maryland 21162

अनुसुया वन्त अध्यक्ष तथा बाना परिवार

Advertisement