गत महिना स्वर्गबास भएका नेपाली संगीत क्षेत्रका अमर ब्यक्तित्व अंम्बर गुरुङका सयौ चर्चित र लोकप्रिय गीत मध्यको एक हो : ए कान्छा मलाई सुनको तारा । नेपाली सदाबहार एवम कालजायी गीतका रुपमा रहेको यो गीतको संगीत अंम्बरले नै गरेका हुन ।
कलकत्तामा रेकर्डिङ गरिएको यो गीत नेपालमा सार्वजनिक भएको केही समय पछी भारतीय संगीतकार आर डि बर्मनले सोही संगीतमा हिन्दी फिल्म ” तिस्री मन्जिल “मा ‘दिवाना मुझ्सा नही ‘ भन्ने गीत बनाएका थिए । सम्मी कपूर र आशा पारेखले अभिनय गरेको यो गीतले बलिउडमा तहल्का नै मचायो तर अंम्बर गुरुङको नाम कतै आएन ।स्रीजना चोरिको शिकार बने गुरुङ ।
स्व गुरुङ ले आ.र. डि बर्मनले आफ्नो संगीत चोरेको कुरा २०१४ सालमा हङकङ मा आयोजित ” अंबर गुरुङ रात्री २०१४ ” मा बताएका थिए । भिडियो हेर्न यहाँ क्लिक गर्नुस् :