गीतकार सितल पुन र निलम कुमार थापाको शब्दमा तयार भएको गिती एल्बम – “सम्बन्ध” मा रहेका दुई गीतको म्युजिक भिडियो तयार भएको छ । माया आर्ट्स अमेरिकाले निर्माण गरेका यि भिडियोहरुलाई नेपाली चलचित्रका ख्यतिप्राप्त निर्देशक श्याम भट्टराईले निर्देशन गरेका छन ।
प्रोमो हेर्न यो लिन्क मा क्लिक गर्नुस् : https://www.youtube.com/watch?v=ouVtcvtMC6I&feature=youtu.be
दुई गीत मध्य ” किन किन ” बोलको गीतमा स्वरुप राज आचार्यले स्वर दिएका छन भने ” जिन्दगीमा “बोलको गीतमा दीपक लिम्बु र मिलन अमात्यले स्वर दिएका छन । अप्सरा कटुवाल , ललित तिलिजा र राम कार्कीले भिडियोमा अभिनय गरेकाछन , भरत रेग्मी दुबै गीतका सम्पादक हुन । मर्यादा , मौसम , लन्का , च्यालेन्ज लगायत फिल्मका निर्देशक श्याम भट्टराईले अमेरिकामा पनि फिल्म , म्युजिक भिडियो लगायतका कामहरुलाई निरन्तरता दिने प्रयास स्वरुप आफुले यि गीतहरुको भिडियो निर्देशन गरेको बताए ।
म्याग्दी जिल्लाको चिम्खोलामा रहेका अपाङ्गहरुको सहयोगार्थ यस एल्बमका सम्पूर्ण गीतहरुको भिडियो तयार पारी भि सि डि रिलिज गरिन लागेको एल्बमका प्रस्तुतकर्ता निलम कुमार थापाले जानकारी गराएका छन । हाल यि गीतहरुको प्रोमो युटुबमा सार्वजनिक गरिएको छ ।