Blog National News

किन लुकायो अमेरिकामा रहेको नेपाली दूतावासले आफ्नै देशको क्षेत्रफल ?

अमेरिका स्थित नेपाली दूतावासले आफ्नो वेबसाइटमा नेपालका बारेमा भन्ने शीर्षकमा अंग्रेजी भाषामा राखेको विवरणमा नेपालको क्षेत्रफल करिब १ लाख ४७ हजार वर्ग किमी भनेर राखेकोमा सामाजिक सञ्जालमा आपत्ति जनाएको पाइएको छ ।  नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किमी हो । तर, वेबसाइटमा १८१ किमी लुकाएको पाइएको छ । यो समाचार तयार पार्दा सम्मपनि वाशिङटनस्थित नेपाली दूतावासले सो विवरण यथावत नै राखेको देखिन्थ्यो ।

ग्रेटर नेपाल अभियानका अभियन्ता फणिन्द्र नेपालले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘‘अमेरिकाको वाशिङ्टटन डीसी स्थित नेपालको राजदूतावासले आफ्नो वेब पृष्ठमा नेपालको क्षेत्रफल एप्रोक्सीमेटली १४७००० वर्ग किलोमिटर लेखेको पाइयो । एप्रोक्सीमेट्लीको अर्थ लगभग वा अनुमानित वा पुगनपुग भन्ने हो जस्तो लाग्छ ।Plus977 अमेरिकामा यसको अर्थ ठ्याक्कै लाग्छ भने त्यो मलाई जानकारी भएन । नेपालको सरकारी तथ्यांकअनुसार सुगौली सन्धीलाई मानेसम्म मेचीदेखि महाकालीसम्मको हाम्रो देशको क्षेत्रफल १,४७,१८१ वर्ग किलोमिटर हो । यो त बालबालिकालाई पनि थाहा हुने कुरा हो । तर हाम्रै राजदूतावासले नेपालको कूल क्षेत्रफलबाट १८१ वर्ग किलोमिटर घटाएर विश्वलाई सूचित गरेको रहेछ । किन होला ? यो त समवेदनाको ठाउँमा शुभकामना लेखेभन्दा पनि बढ्ता भएन र !’’
उनले अगाडि लेखेका छन्,‘‘कुन आधारमा नेपालको क्षेत्रफल घटेको हो , परराष्ट्र मन्त्रालय र नापी विभागसँग सोध्ने अनुमति चाहन्छु ।’’  यसबारेमा दूतावाससँग जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन ।

 

source: बाह्रखरी

Advertisement