Blog News World

गाैरीजी, याे तपार्इकाे एनअारएन यात्राकाे ‘अवसान’ हाे

977online

स्थगित भएको एनआरएन अमेरिकाको निर्वाचनमा आफ्नो उम्मेद्वारीक पक्षमा  अन्याय भएको भन्दै टेनेसी अदालतमा दायर गरिएको मुद्दा फिर्ता लिईएको छ । एनआरएन अमेरिकाको निर्वाचनमा अध्यक्ष पदका बलिया प्रत्याशी गौरीराज जोशी र उनको प्यानलका महासचिव पदका प्रत्याशी पूर्ण बानियांद्दारा निर्वाचनको केही दिन अघी दर्ता गरिएको मुद्दा आज एक बक्तब्य प्रकाशित गर्दै गौरीराज जोशीले ‘आफुले बिना कुनै शर्त मुद्दा फिर्ता लिएको’ जनाएका छन । 

गौरी ले मुद्दा फिर्ता लिए सङै एन आर एन अमेरिका पुन एकपटक तरङीत बनेको छ । गौरीको यो कदमको पक्ष र बिपक्षमा मतहरु सार्वजनिक भईरहेकाछन । यसै बीच संचारकर्मी एवम बिश्लेशक डा प्रदीप भट्टराईले फेसबुकमा एक स्ट्याटस लेख्दै गौरीको यो कदमको आलोचना गरेका छन । उनले लेखेका छन : गाैरीजी, याे तपार्इकाे एनअारएन यात्राकाे ‘अवसान’ हाे, लडार्इंकाे मैदानमा हाेमिएपछि विचमै पिठ्यु फर्काउने सेनापतिकाे पछि काे लाग्ला र ?

डा प्रदीप भट्टराई को फेसबुक स्ट्याटस :

गाैरीजी,

मेराे काेणमा तपार्इ अमेरिकामा अमेरिकी कानून लागू हुने कि नहुने ? भन्ने प्रश्नकाे उत्तर खाेज्न अदालत जानुभएकाे थियाे । जाँदा पूर्ण बानियासँग गए पनि तपार्इ याे प्रश्नकाे उत्तर चाहने हजाराैंकाे निमित्त भएर जानु भएकाे थियाे । तर, त्यसकाे उत्तर नै नलिर्इ मिडप्याक गरेर फर्कनु भएछ । यसले तपार्इकाे नेतृत्व क्षमतामा गम्भीर प्रश्नचिन्ह उब्जाएकाे छ । साँच्चै भन्ने हाे भने तपार्इ नेता हैन, कार्यकर्ता मात्रै हाे भन्ने पुष्टि भएकाे छ।
लाग्छ, कुनै नेताका लागि कार्यकर्ता भएर मुद्दा हालिदिनुभयाे, फिर्ता गर भन्याे फिर्ता गरिदिनुभयाे । कि मुद्दा हाल्नै हुन्नथियाे, हालेपछि पिठ्यु फर्काएर फर्कनु हुने थिएन । मलार्इ लाग्छ, याे मुद्दा फिर्ता लिनु नै तपार्इकाे एनअारएन यात्राकाे अवसान हाे । सम्झाैता गरेर एनअारएनमा पद पाउनु हाेला, त्याे बेग्लै कुरा हाे तर साधारण सदस्यकाे विश्वास जितेर नेता हुन चाँहि तपार्इ सक्नुहुने रहेनछ । लडार्इकाे मैदानमा हाेमिएकाे सेनापतिले विचमै पिठ्यु फर्काए पछि त्यस्ताे सेनापतिकाे पछि लाग्नु मूर्खता मात्र हाे ।
माफ गर्नुहाेला, म कसैकाे पक्षधर हैन । तर, एनअारएन अमेरिका यहाँकै विधान (दुर्इ वर्ष साधारण सदस्य भएकाले कार्यकारी पदमा उम्मेद्वार हुन पाउने)काे प्रावधानअनुसार चल्नुपर्छ भन्ने पक्षधर हुँ।
केही मित्रहरू भन्छन्, एनअारएन अमेरिकाकाे विधानकाे कुरामा के ठीक के बेठीक एड्भाेकेटले मात्र भन्न सक्छन् । मेराे विचारमा विधानकाे यति सामान्य कुरा संस्थाकाे साधारण सदस्यले पनि जान्नुपर्छ र जान्न सक्छन् । यति जान्न एड्भाेकेट हुन वा नामकाे पछाडि इएसक्यू झुण्याइरहनु पर्दैन।
अब के हुन्छ त एनअारएन अमेरिकाकाे चुनाव? अदालतले गाैरीजीकाे मागअनुसार राेक भनेकाे थियाे, अब मागदाबी नै फिर्ता लिएपछि चुनाव त हुने नै भयाे हाेला। प्रमुख निर्वाचन अायुक्तले गाैरीजीलार्इ अयाेग्य ठहराइ सक्नुभयाे । अब उहाँलार्इ याेग्य भनेर चुनाव गराउने नैतिक धरातल त प्रमुख निर्वाचन अायुक्तसँग नहुनुपर्ने हाे क्या र ?
फेरि एनअारएनएले गाैरीजी याेग्य पनि भनिसकेकाे छ रे । त्यही एनअारएनएकाे प्रावधानअनुसार प्रमुख निर्वाचन अायुक्तले उहाँलार्इ अयाेग्य भनेकाे हुँ भन्नु भएकाे छ फेरि । खै के खै के ?
केटाकेटीले गुलेली चलाए, मट्यांग्राकाे सत्यानाश भन्थे, शायद यसैले भनेकाे हाेला । अागे यहाँहरूकै मर्जी ।

Tags

Advertisement