चलचित्र निर्देशक निलु डोल्मा शेर्पा को निधनको खबर सेलाउन नपाउंदै अग्रज पत्रकार सबिन शाक्यको आत्महत्त्याको खबरले चलचित्रकर्मि तथा चलचित्रप्रेमी माहानुभावहरुलाई निकै नै मर्माहत तुल्याएको छ । चलचित्र पत्रकार संघका संस्थापक सदस्य, पटक-पटक नेत्रित्वमा रहेर काम गरेका , अली तिखो तर चलचित्रकर्मी र चलचित्र क्षेत्रलाइ प्रेरणा दिने किसिमले तार्किक र मार्गदर्शक समाचार ,लेख र विचार संप्रेषण गर्ने ५३ वर्षिय पत्रकार सविन शाक्यले शुक्रबार साँझ करिब साढे ५ बजे तिर आफू बस्दै आइरहेको गौरीघाट कोठामा कपडाको पासो लगाएर आत्महत्या गरेको चलचित्र ‘ब्ल्याक डायरी’ का निर्माता अनोज अधिकारीले जानकारी दिए ।
सबिन चलचित्र ‘ब्ल्याक डायरी’ का प्रस्तुतकर्ता पनि हुन् । चलचित्रले राम्रो ब्यापार गर्न सकेको थिएन । निर्माता अधिकारीका अनुसार परिवारको नाममा शाक्यले एउटा पत्र लेखेका छन् । तीन पेज लामो पत्रमा परिवारको चाहना पुरा गर्न नसकेको,आर्थिक संकट, लगायतका कुराहरु उल्लेख गरेको बताइन्छ । उनको एक श्रीमती, दुई छोरी र एक छोरा छन् । शाक्यको शवलाई हाल टिचिङ अस्पतालमा राखिएको छ । स्व. शाक्यप्रति हार्दिक श्रद्धाञ्जली !!!