४ मार्च / २०१८, बिगत लामो समयदेखी लण्डनमा बिभिन्न कार्यक्रमहरु गर्दै आएको ‘थर्ड आई’ टिमको आयोजनामा ‘रुम्झाटार गुम्बा च्यारिटी नाइट २०१८’ हुने भएको छ । उक्त कार्यक्रम सम्बन्धि जानकारी प्रदान गर्न आज काठमाडौको अन्नपुर्ण होटेलमा कार्यक्रमको लागी बेलायत प्रस्थान गर्न लागेका अधिकांश कलाकारहरुका साथमा नेपालको लागी कलाकार संयोजक जेशी गुरुङ्गले पत्रकार भेटघाट कार्यक्रमको आयोजन गरेका थिए । लण्डनको अल्डरसटस्थित एम्पायर हलमा सो कार्यक्रम आयोजना गरिन लागिएको हो भने उक्त कार्यक्रमबाट संकलित रकम ओखलढुंगा जिल्लाको रुम्झाटार गुम्बाको निर्माणको सहयोगार्थ प्रधान गरिने जानकारी जेशी गुरुङ्गले गराएकी थिइन् । सो च्यारिटी कार्यक्रममा गायिका मिरा राणा,गायक आनन्द कार्की, सुकमित गुरुङ, मिना निरौला पोखरेल, स्मिता दाहाल, राजु राजबाहक, नेपाल आइडलकी मेनुका थापा र धना कुमारी थापा ‘सरु’ , हाँस्यकलाकार रवि डंगोल, नायक तथा सञ्चारकर्मी श्याम अर्याल, मोडल तथा नायिका नम्रता योगी र गायिका झरना बीकेको प्रस्तुति रहने भएको छ । कार्यक्रमको रुम्झाटार गुम्बा परिकल्पनाकार एवं ओखलढुंगा जिल्ला समाज यूकेका बिष्णु राज गुरुङ र ‘थर्ड आई’ टिमको तर्फ बाट बिकास देबकोटाले संयोजन गरेका छन ।
झन्डै एक दर्जन कलाकारले मार्च १७ मा लण्डनमा धमाका गर्दै !!
