Blog Celebrities Entertainment

नयां बर्ष २०७५ मा लन्डनमा धमाका हुंदै !!!

977online.com

आगामी अप्रिल १३ तारिखमा साँझ ७ बजेदेखि राति साढे १२ बजेसम्म अल्डरसटस्थित प्यालेस भवनमा ‘नेप्लिज न्यू इयर नाइट’ आयोजना गरिएको आयोजक टिमका युवा समाज सेबी हेम गुरुङले जानकारी दिए । कार्यक्रममा नेपाल तथा बेलायतस्थित नेपाली चर्चित कलाकारको प्रस्तुति रहने अर्का आयोजक ग्यान गुरुङ् तथा राजन गुरुङ्ले जानकारी गरायका छन् । नेपाली नयाँ वर्ष २०७५ को अवसरमा आर एण्ड जी इभेन्ट्सले अल्डरसटमा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।977online.com

कार्यक्रममा अहिलेकी चर्चित गायिका एबम बेली डान्सर प्रिति आले मोडल तथा नृत्य कलाकार रश्मी तामाङ, अभिनेत्री छुल्ठिम गुरुङ, बेलायतमै रहेका स्थानीय नृत्य कलाकार, मोडल तथा नृत्य कलाकार प्रतिष्ठा त्रिपाठी,स्नेहा गुरुङ, गायिका निकिता मगरको प्रस्तुति रहनेछ । नेपालमा बिदेशी चाडपर्वहरुलाइ बढि प्राथमिकता दिन थालियको बर्तमान परिबेशमा बिदेशमा रहेर पनि आफ्नो रितिरिवाजलाइ निरन्तरता दिनको लागि गर्न लागियको यो कार्यक्रमलाइ सम्पुर्ण लन्डनबासी नेपलि दाजु भाइ तथा दिदि बहिनिहरुले साथ दिने कुरामा आयोजक टिम ढ़ूक्क देखिन्छ ।

 

Advertisement