Blog National News Social

नेपालमै पहिलो ‘स्क्रिन प्रिन्ट प्रर्दशनी-२०१७’ आयोजना हुंदै,

977online.com

प्रमिता ढकाल / चितवन, आगामी साउन २ र ३ गते उद्योग वाणिज्य संघ चितवनको परिसरमा नेपालमा नै पहिलो पटक स्क्रिन प्रिन्ट प्रर्दशनी २०१७ हुने भएको छ । आज पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराइएको हो । प्रर्दशनी विहान १० बजेदेखि मध्यान्ह ५ बजेसम्म चल्ने छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा हुन लागेको प्रदर्शनीमा स्क्रिन प्रिन्ट,गार्मेन्ट प्रिन्ट,सब्लीमेशन प्रिन्टका नयां प्रविधि र प्रयोगबारे जानकारी गराइने उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवम प्रर्दशनीका संयोजक राजन गौतमले बताए ।977online.comनेपाल भरी छरिएर रहेका सो प्रकृतिका व्यवसायीहरुलाई एकिकृत गर्दै कच्चा पदार्थ,उपकरण,नयां प्रविधि र नयां व्यवसायीलाई आकर्षण गर्नका लागि कार्यक्रम फलदायी हुने विश्वास लिएको उनले बताए । व्यवसायबारे जानकार नहुंदा उपभोक्ताले समेत सहज सेवा लिन नसकेको अवस्थामा प्रर्दशनीले व्यवसायको विस्तारसंगै नयां व्यवसायी उत्पादनमा पनि सहयोग पुग्ने अपेक्षा आयोजकको छ । बढी भन्दा बढी सहभागि जुटाउन प्रर्दशनीमा निशुल्क प्रवेशको व्यवस्था गरीएको संयोजक गौतमले बताए ।

Advertisement