प्रतीक्षित सिनेमा प्रेमगीत २ सांगीतिक विशेषताले चर्चित छ । यही मेसोमा रोमान्टिक ड्रामाले नयाँ गीत बिस्तारै बिस्तारै रिलिज गरेको छ जहाँ रारा तालको सौन्दर्य कैद छ ।
रक गायक रोहितजोन क्षेत्रीको स्वर, कम्पोज र शब्द समावेश गीतमा प्रदीप खड्का र अश्लेषा ठकुरी चित्रित छन् । यो रोमान्टिक गीतसँगै रारा तालको सौन्दर्य, ल्यान्डस्केप र हिमाली पठार महसुस गर्न सकिन्छ । तर रमाइलो पक्ष के भने रोहितको यो गीत पहिले नै सार्वजनिक भइ निकै सफल भैसकेको गीत हो । युटुबमा पहिलेनै लाखौले यो गीत हेरिसकेका छन । सोही गीतलाई प्रेम गीत २ मा समाबेश गरिएको हो । https://youtu.be/UyKyqjnxy-4
प्रदीप र अश्लेषाको रसायन साटिएको गीतमा रोहितले रक र नेपाली फोक जनरा मिश्रण गरेका छन् । श्रोता एवं दर्शकले गीतलाई गुनगुनाउन सक्छन् । पुरुषोत्तम प्रधानले रारा ब्युटीलाई फ्रेमिङ गरेका छन् ।
साउन १३ गते रिलिज हुने सिनेमालाई रामशरण पाठकले निर्देशन र सन्तोष सेनले निर्माण गरेका हुन् । ओम गुरुङ सहनिर्माता हुन् । यसअघि शीर्ष गीत रिलिज गरेको फिल्मको यो दोस्रो रिलिज गीत हो । आशुसेन फिल्मसको ब्यानरमा प्रोजेक्ट बनेको हो ।
यस गीतले मुगुमा रहेको रारा तालको पर्यटन विकासमा पनि सहयोग पुग्ने विश्वास निर्माता सेनले लिए । ‘हामी आफ्नै प्रकृति र लोकेसनलाई विश्वमाझ चिनाउन चाहन्छौं’ उनले भने, ‘यस गीतले हाम्रो सामाजिक दायित्वलाई पनि चित्रण गर्छ ।’
हेर्नूस गीत: