Blog Entertainment Music

लवकुमारको गीति संग्रह “ मायाको घर” एक दर्जन कलाकर्मीद्वारा एकसाथ बिमोचन !

प्लस९७७डट नेट (PLUS977.NET) को आयोजनामा शनिबार डिसेम्बर २८ का दिन मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गीतकार लवकुमार बुढाथोकीको गीति संग्रह “ मायाको घर” को बिमोचन गरिएकोछ । उक्त कार्यक्रममा उपस्थित कलाकारहरुले सयुक्त रुपमा उक्त गीती सङ्रहको बिमोचन गरेका हुन । कार्यक्रमको सभापतित्व बाल्टिमोर नेपालीज एसोसियसन,बानाकि निर्वतमान अध्यक्ष तथा समाजसेवी अनसुया श्रेष्ठ वन्तले गरेकी थिइन् भने प्रमुख अतिथि महाबाणिज्य दुत तथा वरिष्ठ लोकगायक प्रेमराजा महत थिए ।


लामो समय देखी जापान बसोबास गर्दै आएका गीतकार बुढाथोकीले अमेरिका भ्रमणको अवसर पारेर नेपाली कलाकारहरुको बाक्लो बस्ती रहेको शहर बाल्टिमोरमा आफ्नो गीती संग्रहको बिमोचन गरेका हुन् । कार्यक्रममा लोक गायिका एवम मोडल शान्ती भण्डारीले स्वागत मन्तब्य राख्दै गीतकार लवकुमार बुढाथोकीको छोटो परिचय दिएकी थिइन् । बुढाथोकीले रचेका गीतहरुलाई नेपालका चर्चित गायक, गायिका शिव परियार ,उदय सोताङ्ग ,मेलिना राई लगायतले स्वर दिएका छन् । बिमोचन कार्यक्रममा बोल्दै लेखक बुढाथोकीले दिग्गज कलाकारहरुको माझमा आफ्नो गीतिसङ्रह बिमोचन गर्न पाउँदा आफू निकै हर्षित भएको र सौभाग्यशाली भएको बताए ।

कार्यक्रममा दिलिप रायमाझी,पूजा चन्द लामा ,गैर आवासीय नेपाली संघ मेरिल्याण्ड शाखाका अध्यक्ष डोलनाथ घिमिरे ,बाना अध्यक्ष सुबोध पन्त लगायतले शुभकामना मन्तब्य राखेका थिए । प्रमुख अतिथि प्रेम राजा महतले गीतकार बुढाथोकीको प्रशंसा गर्दै गीतिसङ्रह को लोकप्रियाताको कामना गरे।

चलचित्र निर्देशक सुरेश दर्पण पोखरेलले सन्चालन गरेको उक्त कार्यक्रममा नायक दिलिप रायमाझी, मेलिना मानन्धर ,पूजा चन्द, धुर्ब वन्त , मुकेश ढकाल, शुशन्क मैनाली, सृजन ताम्राकार ,कन्हैया सिंह , कुमार कार्की , बाबुराम ढकाल , बानाका संस्थापक अध्यक्ष मोहन थापा , पूर्व अध्यक्ष बिजय श्रेष्ठ, एन्जेल ब्याण्डका राजु लामा लगायतको उपस्थिति रहेको थियो ।

Photo Feature:

plus977.net

Advertisement