नेपाली साहित्यकि मुर्धन्य ब्यक्तित्व स्व. प्रेमा शाहको जीवनी समेटिएको पुस्तक ‘विद्रोही प्राज्ञ : प्रेमा शाह’ को चौधौं त्रिमूर्ति दिवसका अवसरमा वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशीले आज काठमाडौमा आयोजित एक कार्य्रक्रमका बीच बिमोचन गर्नु भएको छ । साहित्यकार नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘विद्रोही प्राज्ञ : प्रेमा शाह’ मा स्व. शाहका जीवनका उतार-चढाबहरुलाई शुश्मरुपमा प्रस्तुत गरिएको छ । प्रेम र यौनलाई अङ्गिकार गरी वीसको दशकमा नेपाली साहित्यमा यौटा नयाँ युगको शुरुवात गर्ने प्रख्यात साहित्यकार प्रेमा शाहको गत बर्ष डिसेम्वर २० मा अमेरिकाको युटाह राज्यको साल्ट लेकस्थित इन्टर माउण्टेन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनका पहेलो गुलाब, मम्मी- लघु उपन्यास, बिसयान्तर , आकाश बिभाजित छ (सामुहिक लेखन ), आनन्दको आविष्कार, वाल गीत, इन्द्रधनुष, मण्टुकि वज्यैको कथाको पेटारो, मनु र भङ्गेरा, रामेको कथा, राम्रो काम लगायत साहित्यका कृतिहरु अत्यधिक रुचाइए थिए ।
लोकार्पीत पुस्तक ‘विद्रोही प्राज्ञ : प्रेमा शाह’लाई देशदेशान्तरका पुस्तकालयमा पठाउने,शोधकर्तालाई प्रदान गरिने तथा बिभिन्न कृयाशिल साहित्यकारहरुलाई निशुल्क रुपमा उपहार स्वरुप प्रदान गरिने प्रकाशन सस्था ‘नइ प्रकाशन’ कि अध्यक्ष इन्दिरा प्रसाईले जानकारी गराउनुभएको छ ।
सोही समारोहमा शताब्दी पुरूष डा.जोशीले नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार प्रसार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान गर्नुहुने दाङका श्री गणेश विषमलाई २०७५ सालको लेखनाथ पौड्याल पुरस्कार प्रदान गर्नुभयो । ताम्रपत्रका साथै यस पुरस्कारको राशि एक लाख रूपियाँ रहेको छ । वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशीले चिरीबाबु महर्जन, लक्ष्मीदास मानन्धर र सुजीव बज्राचार्यलाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गर्नुभयो भने रोल्पाकी गायत्री घर्तीमगरको आत्मकथा ‘एकभूल’ को पनि लोकार्पण गरियो ।
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा शताब्दी पुरुष डा.सत्यमोहन जोशी, पुरस्कृत व्यक्तित्व गणेश विषम, डा.मोदनाथ प्रश्रित, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रा.राजेन्द्र सुवेदी, प्रा.डा.उषा ठाकुर, प्रा.डा.गार्गी शर्मा, मदनदास श्रेष्ठ, यादव भट्टराई र त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाई लगायतले बोल्नु भएको थियो ।