चलचित्र निर्देशक श्याम भट्टराई यतिबेला ‘हाम्री दाई कि साली ’ बोलको गीत मार्फत गायकको रुपमा दर्शक श्रोता माझ आएका छन । गीतको छायांकन अमेरिकाको नेभाडा राज्यको लस भेगास र लसएन्जल्सको हलिउडमा गरिएको छ ।
SONGS NEPAL को युटुब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतको भिडियो लस भेगासका बिभिन्न रमणिय स्थानमा छायाकन गरिएको छ भने यो गीतको भिडियो निर्देशन, शब्द र संगीत पनि निर्देशक भट्टराइकै रहेको छ ।
कमेडी शैलीको यो गीतको भिडियोमा अनिष सापकोटा, मिस क्यालिफोर्निया नेपाल २०१५ अनुषा कार्की, यम चापागाईं, शरद डुम्रे, रोजिना कोइराला, रश्मिता भण्डारी अमित लुईँटेल ,गोविन्द सापकोटा, सुमन शिवाकोटीका साथै निर्देशक भट्टराईलाई पनि देख्न सकिने छ। अनुप गिरीको सम्पादन रहेको भिडियोमा छायाकन , क्यालिफोर्निया लसएन्जल्सवासी शंकर राज वाग्लेले गरेका हुन् । आफुले निर्देशन गरेका केही टेलिफिल्म र फिल्म हरु मा समेत संगीत भरेका श्याम को स्वर मा तयार भएको गीत भने यो नै पहिलो हो ।