Blog World

निर्बाचन जित्ने निश्चित भएको बेला षड्यन्त्र हुँदैछ : गौरी जोशी

977online

अमेरिकामा बस्ने नेपालीहरुलाई यतिबेला एनआरएन अमेरिकाको चुनावको सरगर्मी राम्रै छोएको छ । यसैक्रममा एनआरएन अमेरिकाका अध्यक्षका उम्मेदवार गौरी जोशीले आज एक प्रेस रिलिज गर्दै केहिले नियोजीत रुपमा शुरु गरिएका अनलाईन मार्फत सामाजिक सञ्जालमा आफ्नो ब्यक्तीगत जिवन र सामाजिक यात्रा प्रति भ्रम पैदा गर्ने खालका बिभिन्न समाचारहरु प्रकाशन गर्न खोजेको प्रती ध्यानआर्कषण भएको जनाएका छन । यस्ता कृयाकलाप हरु प्रती सजक रहन समेत जोशीले आब्वाहन गरेका छ ।
गौरी जोशीले द्वारा जारी प्रेस रिलिज :

प्रेश बिज्ञप्ती
जुन २७, २०१७

आदरणिय एनआरएन साथीहरु नमस्कार,
सबैभन्दा पहिला त एनआरएन अमेरिकाको आगामी भबिश्य सुधार गर्दै बलियो र उदाहरणिय एनआरएन अमेरिका बनाउनका लागि यंहाहरुले देखाउनुभएको चासो र हाम्रो अभियानप्रती देखाउनुभएकोे हौसलाको उच्च सम्मान गर्न चाहान्छु ।
अग्रज तथा सहयात्री साथीहरु, यंहाहरु सबैलाई अवगत नै छ, हामी यतिबेला एनआरएन अमेरिकालाई यस भद्रगोल अवस्थालाई ब्यापक सुधार गर्दै नयां यात्रामा लैजानका लागि निर्बाचनको ब्यग्र प्रतिक्षामा छौं । यतिबेलासम्म निर्बाचन सम्पन्न भई नयां कार्यसमितिले काम थालिसक्नु पर्ने बेला भईसकेको थियो तर पनि बर्तमान समितिकै कमोजोरी र निर्बाचनमा जान गरेको ढिला सुस्तीका कारण हामी आजसम्म पनि निर्बाचनको मितिकै प्रतिक्षामा रहनु परेको छ ।
यंहाहरुको साथ र हौसलाका साथ मैले तपाई हामी सबैको साझा र बलियो एनआरएन अमेरिका बनाउने अभियानको नेतृत्व गर्न अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको कुरा त सर्बबिदित नै छ । म अहिले अमेरिकाको बिभिन्न राज्यमा रहनुभएका एनआरएन साथीहरुसंग भेटघाट र छलफलका क्रममा हिडिरंहदा यंहाहरुले म प्रतिन देखाएको माया र साथले थप उत्साहित बनाएको छ ।
साथीहरु, यतिबेला निर्बाचन नजिक आईरहेको बेला र हामीले निर्बाचन जित्ने निश्चित भएको बेला केहि नियोजीत रुपमा शुरु गरिएका अनलाईन मार्फत सामाजिक सञ्जालमा मेरो ब्यक्तीगत जिवन र सामाजिक यात्रा प्रति भ्रम पैदा गर्ने खालका बिभिन्न समाचारहरु प्रकाशन गर्न खोजेको देख्दा मेरो ध्यानआर्कषण भएको छ । हामी अमेरिका जस्तो प्रजातान्त्रीक मुलकमा छौं र प्रजातन्त्रको अभ्यास निर्बाचनमा जान डराउदै अरुप्रती भ्रम पैदा गर्न खोज्नु असफल प्रयासमात्र हुने कुरा पनि म सम्बन्धीत पक्षलाई सचेत गराउंछु । हामी स्वच्छ प्रतिष्प्रधा र निर्बाचनमा जान तयार रहेको जानकारी गराउंदै अरुलाई पनि स्वच्छ प्रतिष्पर्धामा उत्रन आब्हान गर्दछु । पत्रकारिता सम्मानित पेशा हो, अमेरिकाको नेपाली समुदायमा पत्रकारहरुले धेरै राम्रो खेल्नु भएको कुरा हामी सबैलाई थाहै छ तर केहि नामै नसुनिएका र पित पत्रकारिता मार्फत मेरो ब्यक्तीगत जिवनमा लगाउन खोजेको आक्षेपको भने म निन्दा गर्दछु ।
अन्त्यमा, अमेरिकामा रहनुभएका सम्पुर्ण एनआरएन साथीहरु यंहाहरुसबैलाई एनआरएन अमेरिका सुधारको हाम्रो यस अभियानमा यंहाहरु सबैको थप खबरदारी र साथको अपेक्षा समेत गर्दछु ।
धन्यबाद

गौरी जोशी
एनआरएन अमेरिकाको अध्यक्षका उम्मेदवार
टेक्सास, अमेरिका

Advertisement