News Social Technology

चितवनमै फल्यो स्याउ, आश्चर्यमा पर्नु नपर्ने !

977online.com

प्रमिता ढकाल / चितवन, चिसो ठाउँमा मात्र स्याउ फल्छ भन्ने सुन्दै आएका तपाईं -हामीलाई चितवन जस्तो गर्मी ठाउंमा पनि स्याउ फल्छ भन्ने कुरा पत्यार नलाग्न सक्छ, तर भरतपुर–७, कृष्णपुर, मनकामना टोलका राजेन्द्र पौडेलले आफ्नो बगैंचामा स्याउ फलाएर जो कोहीलाई आश्चर्यमा पारेका छन् । तीन वर्ष अघि रौतहटको गौरमा नर्सरीमा हुर्काइएको बिरुवालाई ल्याएर आफूले रोपेको पौडेलले बताए । रौतहटजस्तो गर्मी ठाउँमा स्याउ नर्सरी गरेको देखेपछि आफुलाई पनि रहर लागेको उनले बताए । 977online.com साधारणतया स्याउ खेतीको लागि १५ सय देखि २ हजार मिटरसम्मको उचाइ भएको स्थान चाहिन्छ । स्याउको सक्रिय विकास भइरहेको समयमा औसत तापक्रम २१ डिग्री देखि २४ डिग्री सेल्सियसको आवश्यकता पर्दछ । तर, बढी तापक्रममा पनि फल दिने गरी क्रस गराएर उत्पादन गरिएको हाइब्रीड जातको बिरुवा पाएपछि विचार गर्न लगाएको उनले बताए । “स्याहार त मज्जाले गरेको हो”, पौडेलले भने, “तर यति राम्रो फल देला भन्ने आशा थिएन ।” गतवर्ष थोरै मात्र फल लागेपनि यसवर्ष भने स्याउ लटरम्म फलेर मेहनत गरे सम्भव छ, भन्ने प्रमाणित गरेको उनले बताए । स्याउका धेरै चिसो ठाउं चाहिने जातहरुमा सबै डिलिसियस जातहरु, विनौनी, मेकान्तोस, फुजी, ग्रेनीस्मीथ र जुना गोल्ड आदि छन् भने मध्य चिसो चाहिने जातहरु कडजा र क्रिस्पीन हुन । स्याउका कम चिसोमा पनि फल्ने जातहरुमा अन्ना र भेरड हुन् । स्याउमा क्राउन गल, दाद, धुले ढुसी , खराने, गुलाबी रोग र बोक्रा खुईलिने मुख्य रोगहरु लाग्न सक्छन् । आधुनिक प्रबिधिलाई उपयोग गरेर खेति गर्ने हो भने  एउटा स्वस्थ्य स्याउको बोटले व्यावसायिक उत्पादन ५० वर्षसम्म दिन सक्ने अनुमान गरिएको छ ।

Advertisement