प्रमिता ढकाल, चितवन
नेपालमै पहिलो पटक दृष्टिविहिन बालबालिकाको लागि हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ । फरक क्षमताका बालबालिकाको प्रतिभा उजागर गर्ने सोचका साथ कार्यक्रमको परिकल्पना गरीएको आयोजक ‘लिभ एण्ड लिड इन्टरनेशलन’ का अध्यक्ष नविन यादवले बताए । ‘क्विज ब्याटल फर भिजुअल्ली इम्पेयर्ड’ को अडिसन राउन्ड लिएर ५५ जिल्लामा पुग्ने त यारी भइरहेको पनी यादवले बताएका छन् । अडिसनको पहिलो चरण चितवनमा सम्पन्न गरेपछि आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै आयोजक लिभ एण्ड लिड इन्टरनेशलनले आफ्नो देश दौडाहको बारेमा जानकारी गराएको हो । चितवनमा सम्पन्न अडिसनमा दृष्टिविहिन विद्यार्थी अध्यापन गराउने चितवनका दुई विद्यालयका १२ वटा टिमले सहभागिता जनाएका थिए । सहभागि २४ जना मध्य ६० अंक ल्याएर झुवानी मा.वि. का सुनिल थापा र सौरभ भट्ट र ५० अंक ल्याउंदै नारायणी नमुना मा.वि.का देवीसरा थापा मगर र रेखा चौधरी दोस्रो चरण प्रवेश गरेका छन् । चितवनमा सम्पन्न अडिसन राउण्डमा सार्क क्विज च्यम्पियन २००५ अनिल अधिकारी र समाजसेवामा सक्रिय चितवनका युवा चिकित्सक डक्टर सशांक सिंह निर्णायक रहेका थिए । कार्यक्रममा अधिकतम विद्यार्थी सहभागि गराउन विभिन्न जिल्लामा रहेका दृष्टिविहिन बालबालिका अध्यापन गराउने विद्यालयसंग सहकार्य र समन्वय गरीने लिभ एण्ड लिड इन्टरनेशलनका अध्यक्ष यादवले बताए । अडिसन राउण्ड लिएर अब पोखरा त्यसपछि बुटवल,विराटनगर हुंदै ५५ जिल्ला पुग्ने पनी उनले बताए । अडिसन पछिका सबै राउण्ड क्यप्टेन विजय लामाले सञ्चालन गर्ने सहमती भइसकेको उनले जानकारी दिए्का छन् । इमेज च्यालन मार्फत प्रशारण गरीने क्विज ब्याटल फर भिजुअल्ली इम्पेयर्डलाई पिजन इन्टरनेशल एजुकेशन सेन्टरले प्रायोजन गरेको छ भने ओजस आर्युवेद हस्पिटल, होटल क्राउन प्लाजा ग्रुप, नारायणी मोटर्स सह-प्रायोजकका रुपमा रहेकाछन् । लिभ एण्ड लिड इन्टरनेशलनका मनिस तामांग, निकेश बराल, विशाल भट्टराई र अनिल घिमिरेले चितवनको कार्यक्रम संयोजन गरेका हुन् ।
नेपाल मै पहिलो पटक नविन प्रयोगका रुपमा दृष्टिविहिन बालबालिकाको लागि हाजिरी जवाफ प्रतियोगिता गर्न लागेको लिभ एण्ड लेट लिभ इन्टरनेशनलले आज सरोकारवालासंग अन्तरक्रिया समेत गरेको छ ।कार्यक्रममा नारायणी मा वि का प्राचार्य पूर्ण प्रसाद दवाडीले १५ वर्ष देखि दृष्टि विहिन बालबालिकालाई अध्ययपन गराउंदै आए पनि पहिलो पटक यस्तो कार्यक्रम हुन लागेकोले विद्यार्थी संगै आफुमा पनि उत्साह बढेको बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका प्रतिनिधि मुना गुरुड्ड, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक सन्तोष पन्त, भरतपुर आंखा अस्पतालका सहायक प्रबन्धक छांया श्रेष्ठ, नारायणी मोटर्स्सका सञ्चालक बालगोपाल चुके लगायतले युवाको सक्रियतामा हुन लागेको नविन कार्यक्रमले देशभर नयां आयाम ल्याउनेमा विश्वस्त रहेको बताए । यसबीच सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लिभ एण्ड लिड इन्टरनेशलनले गर्न लागेको कार्यक्रम प्रशंसनिय रहेको भन्दै सनराइज इंग्लिस स्कूलको एल्मुनाइ एशोसिएसनले कार्यक्रमको सफलताको लागि ५ हजार रकम सहयोग समेत गरेको छ । लिभ एण्ड लिड इन्टरनेशलनले यस अघि ‘हामी संगै शिक्षा’ कार्यक्रम मार्फत विद्यार्थीहरुलाई छात्रवृति कार्यक्रम, भूकम्प प्रभावितलाई सहयोग, संबिधान सम्बन्धी सचेतना र मिस एस.ई.ई. चितवन २०१७ सञ्चालन गरीसकेको छ ।