National News Social

युवाको कांधमा,कलंकी होटल एण्ड गेष्ट हाउस एशोसियसनः-

977online.com

काठमाडौं, कलंकी होटल एण्ड गेष्ट हाउस एशोसियसनको पाँचौ अधिवेशनबाट मोहिणी प्रसाद आचार्यको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रुद्र न्यौपाने, उपाध्यक्षमा देवीबहादुर राई, महासचिवमा दीपक आचार्य, सचिवमा कृष्ण बस्याल (किसन), कोषाध्यक्षमा नकुल कार्की, सह-कोषाध्यक्षमा तुलबहादुर श्रेष्ठ र सदस्यहरुमा बल ब.थापा, रमेश बराल, कुसुम दाहाल खड्का र उषा देवी दाहाल निर्वाचित भएका छन् । अन्य छ जना मनोनित सदस्यहरुमा महादेव गौतम, बनिता तमाङ , मनोज सापकोटा, शालिकराम शर्मा, जनक सिंङ र बाल चन्द्र शर्मा रहेका छन् । यस एशोसियसनमा महानगरपालिका का १३ र १४ नम्बर वडामा रहेका होटल तथा रेष्टुरेन्टहरु आबद्द् रहेका छन् ।977online.com

नयाँ कार्यसमितिको अध्यक्षमा निर्वाचित भएका आचार्यले सबैलाई समेटेर अगाडि बढ्ने बताउँदै होटल व्यवसायीहरुको हक हितका लागि अझै क्रियाशिल रहने बताएका छन् भने नव निर्वाचित महासचिब दीपक आचार्यले पद प्राप्ति मात्र ठुलो उपलब्धि नभई जिम्मेवारी अझै थपिन गएकोले आफू सक्रिय रुपमा लागीपर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । कार्यसमितिको अधिकांश पदमा युवा व्यवसायीहरु नै छनोट भएर आएका छन् । बधाई अनि सफल कार्यकालको शुभकामना सम्पुर्ण टिमलाई 977online को तर्फबाट ।।।

Advertisement