नेपाली गीत संगीतमा रेखा शाह चिनाइरहनु पर्ने नाम होइन । निकै सानो छदै सीमसीमे पानीमा बोलको गीतबाट एकाएक चर्चामा आएकी रेखाले त्यसपछी फेरी पछाडि फर्केर हेर्नुपरेको छैन । गीत संगीतका साथ साथै समाजसेवामा पनि सक्रीय छिन् रेखा । बिनाशकारी भुकम्पका बेला आफ्नो जन्मस्थान धादीङमा पुगेर राहत बितरणमा सक्रीय रहेकी रेखाले विपन्न तथा जेहेन्दार विद्यार्थीको पढाइमा सहयोग गर्ने तथा कला, साहित्य र सामाजिक गविविधिमा समेत योगदान पु¥याउने उद्देश्य सहित गायिका शाहले ३ वर्ष अघि आफ्नै नाममा रेखा शाह फाउन्डेसन खोलेकी थिइन्।
रेखाले काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा रहेको जोन एकेडेमी इङ्लिस स्कुलमा एलकेजीदेखि कक्षा १० सम्म अध्ययन गर्दै आएका छात्रछात्राको वार्षिक, मासिक तथा परीक्षा शुल्कसमेत गरी नगद रु १ लाख ३९ हजार प्रदान गरेकी हुन्। उदारणिय कार्यका लागि रेखालाई साधुवाद ।
Song by Rekha Shah: