गीतकार राजेन्द्र थापाको सम्झनामा अरुणा लामा स्वर साम्राज्ञी अरुणा लामा जीवित भएको भए आजबाट ७१ वर्ष लाग्थिन् । दार्जिलिङमा ००२ साल भदौ २४ गते जन्मिएकी उनको ०५४ साल माघमा निधन भएको थियो । ०१६ सालमा पहिलो गीत ‘हे कान्छा मलाई सुनको तारा खसाइदेऊ न’ रेकर्ड गराएकी अरुणाले गायन यात्रामा थुप्रै चर्चित गीत दिएकी छिन् । जसमध्ये ‘पोहोर साल खुशी फाट्दा’ गीत उनको खास चिनारी नै बनेर रहेको छ । जुन गीत लेखेका थिए...