दाङको एक मतदान केन्द्रमा बुधबार दिउँसो भएको हमलालाई एक प्रहरी हवल्दारले विफल तुल्याइदिएका छन्। आक्रमणकारीले बम हान्नासाथ प्रहरी हवल्दार दुर्गाबहादुर रानाले ज्यानको जोखिम मोलेर फुर्तीका साथ त्यसलाई आफ्नो हत्केलामा थाप्दै सुरक्षित ठाउँमा मिल्काउँदा मतदान परिसरमा कुनै क्षति हुन पाएन। यो घटना तुलसीपुर-३, अम्बासस्थित आधारभूत निम्न माध्यमिक विद्यालय मतदान केन्द्रमा भएको हो। बिहान ७ बजे मतदान सुरु भएको...