News Technology

आइफोनका लागि हाम्रो पात्रोले ल्यायो ‘हाम्रो नेपाली किबोर्ड’

977online

हाम्रो पात्रोले आइफोन प्रयोगकर्ताका लागि नयाँ एप सार्वजनिक गरेको छ । iPhone प्रयोगकर्ताकालागि App Store मार्फत् ‘Hamro Nepali Keyboard’  सार्वजनिक गरेको हाम्रो पात्रोले जानकारी दिएको छ । नयाँ एप डाउनलोड गर्नका लागि https://goo.gl/NZHxPD  मा जान सकिने पात्रोले जनाएको छ ।

कुनै पनि एप्लिकेशनमा सन्देश टाइप गर्न अत्यन्त सहज तथा सरल यूजर इन्टरफेस रहेको यस ‘Hamro Nepali Keyboard’ मा मनपर्ने भिन्नाभिन्नै तरीकामध्ये कुनै पनि विधिको प्रयोग गरी iPhone मा नेपाली भाषामा लेख्न सकिने हाम्रो पात्रोका तर्फबाट सन्तोष कुमार देवकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
iOS को Default किबोर्डसंग मेलखाने यसको यूजर इन्टरफेसले यसको रङ्ग, डिजाइन लगायतका सामान्य कुराहरूले पनि iOS को वास्तविक किबोर्डसंग जोडिरहने विज्ञप्तिमा जनाइएको छ ।
लोकप्रिय Emoji हरू संलग्न गरीएको यस ‘Hamro Nepali Keyboard’ मा नियमित अंग्रेजी अक्षरकासाथै नेपाली तथा अंग्रेजी भाषामा नम्बरहरू राखिएका छन् ।
यसबाट रोमनबाट नेपाली टाइप गर्ने वा सिधै चलनचल्तिको नेपाली किबोर्ड प्रयोग गरे पनि यसले एउटा नेपाली भाषासंगको कम्प्यूटरको किबोर्ड अथवा Android मा हाम्रोपात्रोले यसअघि नै सार्वजनिक गरीसकेको किबोर्ड चलाउँदाजत्तिकै राम्रो भएको देवकोटाले जनाएका छन् ।
यस ‘Hamro Nepali Keyboard’ मा कुनै प्रारम्भिक अक्षर टाइप गर्दा त्यो अक्षरबाट प्रारम्भ हुने अन्य धेरै शब्दहरू सुझावका रूपमा देखार्इदिन्छ । जस्तै ‘स’ लेख्दै हुनुहुन्छ भने किबोर्डले सुझावका रूपमा ‘सक्छ’, ‘सिकाउनु’, ‘सदा’, ‘सङ्क्रान्ति’, ‘साँइलो’, ‘सास’, ‘सिँगारी’ जस्ता धेरै शब्दहरू देखाइदिन्छ जसमध्ये आफूलार्इ उपयूक्त लागेको शब्दलार्इ थिचेर तपाइको सन्देशमा प्रयोग गरी टाइपिङ जारी राख्न सकिन्छ ।

Advertisement